IME Life New

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट निक्षेप भुक्तानी कार्य स्थगित, किन रोकियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट ग्राहकलाई निक्षेप भुक्तानी कार्य स्थगित गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना जारी गर्दै आज पुस २३ गतेबाट पुस २६ गतेसम्मका लागि निक्षेप भुक्तानी कार्य स्थगन गरिएको जानकारी गराएका हुन्। ‘संस्थामा क्रमशः निक्षेपकर्तालाई निक्षेप भुक्तानी भइरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको काम भइरहेको छ’, खतिवडाले भने, ‘त्यसका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानी कार्य पुनः सुचारु गरिनेछ।’

Esewa
Crest

व्यवस्थापन समूहले निक्षेपकर्ताको निक्षेप भुक्तानी गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको पनि खतिवडाले बताए। ‘नियमानुसार क्रमशः भुक्तानी हुनेछ’, उनले भने, ‘बाहिरी हल्ला, भ्रम र भीडको पछाडि नलगागी धैर्यता कायम गरी व्यवस्थापन समूहलाई सहयोग गरिदिन अनुरोध छ।’

व्यवस्थापन समूहले बैंकका ग्राहकलाई केही दिनदेखि निक्षेप भुक्तानी कार्य गर्दै आएको थियो।

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको छ। हाल राष्ट्र बैंकको व्यवस्थापन समूहले संस्थामा सुधारका कामहरु गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS