IME Life New

लगानीकर्ताको हितका लागि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार स्थगनः धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताको हितका लागि समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार स्थगन गरिएको स्पष्ट पारेको छ।

उक्त बैंकको शेयर कारोबार स्थगन गर्न कुन कानुनका आधारमा नेप्सेलाई पत्राचार गरिएको र धितोपत्र बोर्डलाई कुन कानुनले दिएको अधिकार प्रयोग गरिएको हो ? भनी केही लगानीकर्ताबाट धितोपत्र बोर्डमा सूचना माग भएको थियो। सोही जिज्ञासालाई स्पष्ट पार्दै धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि तत्काल उक्त बैंकको शेयर कारोबार स्थगन गर्न र थप अध्ययन गरी रायसहितको प्रतिवेदन बुझाउन नेप्सेमा पत्राचार गरिएको जनाएको छ।

Esewa
Crest

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषित गरी सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरेको थियो। हाल यो बैंक राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले सञ्चालन गरिरहेको छ।

राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको पत्र धितोपत्र बोर्डलाई पठाएको थियो। अनि धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाउँदै उक्त बैंकको शेयर कारोबार स्थगन गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS