IME Life New

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ग्राहकले हप्तामा एकपटक मात्रै निक्षेप भुक्तानी पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका ग्राहकले हप्तामा एकपटक मात्रै निक्षेप भुक्तानी पाउने भएका छन्।

हाल कर्णाली डेभलपमेन्ट बैंकलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंकले बनाएको व्यवस्थापन समूहले चलाइरहेको छ। समूहका संयोजक टीकाराम खतिवडाका अनुसार बैंकमा उपलब्ध हुने तरलताका आधारमा ग्राहकको निक्षेप भुक्तानी दिने काम भइरहेको छ। ‘यो कार्यलाई थप प्रभावकारी बनाइनेछ’, खतिवडाले भने, ‘त्यसैले एकपटक भुक्तानी प्राप्त गर्ने ग्राहकले ७ दिन वा बढीको अन्तरालमा मात्र पुनः भुक्तानी पाउनेछन्।’

Esewa
Crest

आज पनि बैंकका सबै शाखाबाट ग्राहकलाई भुक्तानी गरिएको छ। विशेषगरी बिरामी वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता प्रदान गर्ने गरी अधिकतम २५ हजार रुपैयाँको सीमाभित्र रही प्रतिशाखा अधिकतम ५० जनालाई निक्षेप भुक्तानीको व्यवस्था गरिएको खतिवडाले जानकारी दिए।

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको हो।

उक्त बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम गत मंसिर ११ देखि लागू हुने गरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS