IME Life New

मेरो माइक्रोफाइनान्समा आबद्ध सबैले कोहलपुर डेन्टलको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय,भवानीपुर,बाँके र कोहलपुर डेन्टल हस्पिटलबीच पुस २१ गते सम्झौता भएको छ । मेरो माइक्रोफाइनान्समा आबद्ध सबैलाई डेन्टल हस्पिटलको दन्त सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो ।

सो सम्झौता अनुसार यस संस्थामा आवद्ध कर्मचारी तथा यस संस्थासंग खाता खोली हाल कारोवार गरिरहेका सदस्य तथा सदस्यका सबै परिवारहरुलाई दन्त सेवाहरुमा छुट दिने गरी सम्झौता गरिएको कोहलपुर,डेन्टल हस्पिटलका प्रमुख गजेन्द्र शाहीले जानकारी दिए ।

Esewa
Crest

साथै, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था शाखा कार्यालय,भवानीपुर,बाँकेका शाखा प्रमुख प्रशान्त शाहले यस कोहलपुर डेन्टल हस्पिटलसंगको सम्झौतामा कर्मचारी तथा हाम्रा सदस्य तथा सदस्यका परिवारलाई समेत दन्त सेवाहरुमा ५० प्रतिशत सम्मको छुट दिने गरी पहिलोपट यस संस्थाले सम्झौता गरेको बताए ।

साथै, उक्त सुविधाको लागी संस्थासँगको कारोवार खुल्ने कागज लिनुपर्ने र कर्मचारीको हकमा कर्मचारी कार्ड लिनु पर्ने तथा यो सम्झौता गरेको मितिले ५ वर्ष सम्म मान्य हुने जानकारी दिए ।

यस मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको नेपाल भरीका १४९ शाखा कार्यालयमा कारोवार गरेका सदस्यले समेत यो सुविधा प्रयोग गर्न पाउने शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS