IME Life New

मार्क जुकरबर्गको करिब ११ करोडको घडीमा के–के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेसबुकका सहसंस्थापक एवं मेटाका सीईओ मार्क जुकरबर्ग फेरि एकपटक चर्चामा आइरहेका छन्। यतिबेला उनले लगाउने घडीको चर्चा भइरहेको हो।

जुकरबर्गले लगाएको घडी सुनले बनेको छ। यसको मूल्य ८ लाख डलर (करिब ११ करोड रुपैयाँ)बराबरको रहेको छ।

Esewa
Crest

जुकरबर्गले इन्स्टाग्राममा न्यु इयर सेलिब्रेसनको फोटो पोस्ट गरेका छन्। जसमा उनी आफ्नी पत्नी प्रिसिल्ला चेनको साथमा रहेका छन्। फोटोमा उनको हातमा एउटा सुनौलो घडी पनि देखिएको छ। सोसल मिडियामा यो फोटो निकै मन पराइएको छ।

उक्त घडीलाई लिएर सेलिबवाचस्पोटरले चर्चा गरेको छ। यो घडी करिब ११ करोड रुपैयाँ जनाइएको छ। थुप्रै सेलिब्रेटीको घडी ट्रयाक गर्ने सेलिबवाचस्पोटरले इन्स्टामा जुकरबर्गले लगाएको घडी एउटा भिन्टेज पिस रहेको उल्लेख गरेको छ।

यो घडीको नाम १८के येलो गोल्ड पउल न्युम्यान रोलेक्स डेटोना रहेको छ। जुन पूरै सुनबाट तयार गरिएको हो।

घडीमा ३ वटा फिजिकल बटन रहेको छ। त्यसमा युनिट्स पर आवर्सको सिस्टम पनि दिइएको छ। घडीमा नम्बर कालो रङले लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS