IME Life New

एलन मस्कको सम्पत्तिभन्दा पाँचगुणा बढी एनभिडियाको कमाइ, विश्वकै दोस्रो मूल्यवान कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी एआई चिप निर्माता एनभिडिया वर्ष २०२४ सबैभन्दा धेरै बजार पुँजी वृद्धि भएको कम्पनी बनेको छ।

एक वर्षको अवधिमा कम्पनीको शेयरभाउ १७० प्रतिशतले बढ्यो र यसको बजार पुँजी लगभग २ ट्रिलियन डलरले बढेको छ। यो विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ४१५ अर्ब डलरभन्दा झन्डै पाँच गुणा हो।

Esewa
Crest

एनभिडिया एप्पलपछि विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो। आर्टिफिसियल इन्टेलिजेन्समा विश्वको बढ्दो चासो र विभिन्न उद्योगमा एआई केन्द्रित चिप्सको बढ्दो मागले एनभिडियाको शेयरभाउमा ठूलो उछाल आएको हो।

कम्पनीको बजारमूल्य वर्ष २०२३ को अन्त्यमा १.२ ट्रिलियन डलर थियो। जुन वर्ष २०२४ को अन्त्यमा ३.२८ ट्रिलियन डलर पुग्नेछ। वर्ष २०२३ मा पनि कम्पनीको शेयर २४० प्रतिशतको उछाल आएको थियो।

यसैबीच एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी रह्यो। यसको बजार पुँजी ४ ट्रिलियन डलर नजिक पुगेको छ। एप्पलले एआईमा फोकस गरेको छ। जसले यसको बिक्री अझ बढाउने अपेक्षा गरिएको छ। यही कारण कम्पनीमा लगानीकर्ताको चासो बढेको छ।

\वर्ष २०२४ को अन्त्यमा माइक्रोसफ्ट ३.१ ट्रिलियनमा विश्वको तेस्रो सबैभन्दा मूल्यवान कम्पनी बन्यो। जबकि गुगलको मूल कम्पनी अल्फाबेट इंक र अमेजनको लगभग २.३ ट्रिलियन डलर बजार पुँजीको मूल्य थियो।

शीर्ष १० मूल्यवान कम्पनीको सूचीमा साउदी आरामको, फेसबुक, टेस्ला, ब्रोडकम र टीएसएमसी पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS