IME Life New

बैंकहरुमा निक्षेप पौने ६७ खर्ब माथि, एकैदिन ११ अर्बले बढ्यो कर्जा लगानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको आकार पौने ६७ खर्ब रुपैयाँ माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांअनुसार पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६६ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६६ खर्ब ७६ अर्ब रुपैयाँ थियो।

Crest

पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ३९ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी एकैदिन ११ अर्ब रुपैयाँ बढेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५३ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ५३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

पुस १६ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ७९.०१ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS