IME Life New

वर्ष २०२४ मा टप सेलिङ स्मार्टफोन कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा वर्ष २०२४ सबैभन्दा बढी स्मार्टफोन बेच्ने कम्पनीमा सामसङ रहेको छ।

काउन्टरप्वइन्ट रिसर्चका अनुसार यो वर्ष तेस्रो त्रैमाससम्म विश्वभर लगभग साढे ५७ लाख स्मार्टफोन बेचेर सामसङ पहिलो स्थानमा रहेको हो। यद्यपि चौथो त्रैमाससम्म तथ्यांक आउन भने केही समय लाग्नेछ।

Esewa
Crest

यसैगरी ५४ लाख ४० हजार स्मार्टफोन बेचेर एप्पल दोस्रो स्थानमा रहेको छ भने ४२ लाख ८० स्मार्टफोन बेच्दै तेस्रो शाओमी स्थानमा रहेको छ।

स्मार्ट फोन बिक्रीका हिसाबले ओपो चौथो स्थानमा र भिभो पाँचौँ स्थानमा रहेका छन्। यो वर्ष तेस्रो त्रैमाससम्म यी कम्पनीले क्रमशः २८ लाख ६० हजार र २७ लाख २० हजार स्मार्टफोन बेचेका छन्।

सर्वाधिक बिक्री भएका स्मार्टफोनमा भने एप्पलको आइफोन शीर्ष स्थानमा रहेका छन्। एप्पलका आइफोन १४, आइफोन १५ प्रो म्याक्स र आइफोन १५ बिक्रीका हिसाबले शीर्ष स्थानमा छन्।

एप्पलपछि दोस्रो धेरै सामसङका स्मार्टफोनहरु ग्यालेक्सी ए१५, एस२४ अल्ट्रा, ए५४ र ए१४ छन्। धेरै बिक्री भएका स्मार्टफोनमा एप्पल र सामसङकै दबदबा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS