IME Life New

राउटर बनाउने कम्पनी टीपी-लिंकमाथि प्रतिबन्ध लगाउँदै अमेरिका, के हो कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राउटर बनाउने कम्पनी टीपी–लिंकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

टीपी–लिंक चिनियाँ कम्पनी हो। अमेरिकाका घर र साना व्यापार–व्यवसायमा यो ब्रान्डका राउटर सबैभन्दा बढी प्रयोग गरिन्छ।

Esewa
Crest

एन्टी ट्रस्टको नियम उल्लंघन गरेको भन्दै अमेरिकाले टीपी–लिंकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो। यो विषयमा अहिले अमेरिकी सरकारले अनुसन्धान गरिरहेको छ।

अमेरिकी राउटर बजारमा टीपी–लिंकको हिस्सा ६५ प्रतिशत रहेको छ। हाल फेडरल एजेन्सीहरु कम्पनीको डिभाइसमा कमी–कमजोर पत्ता लगाउने कोसिस गरिरहेका छन्। टीपी–लिंकमा देखिएको कमजोरीले साइबर अट्याकको घटना बढ्दै गइरहेको अमेरिकी अधिकारीहरुको ठहर छ।

टीपी–लिंक अमेजनको टप सेलिङ प्रडक्टभित्र पर्छ। अमेजनको टप १० सेलिङ प्रडक्टमा टीपी–लिंक छैटौँ स्थानमा रहेको छ।

अधिकारीहरुका अनुसार टीपी–लिंकले आफ्नो उत्पादन खर्चभन्दा पनि कम मूल्यमा राउटरहरु बेचिरहेको छ। यो विषयमा पनि अनुसन्धान भइरहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS