IME Life New

हवाइ टिकटका लागि छुटको खोजीमा हुनुहुन्छ ? यसरी लिनुहोस् छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक वायू सेवामा निजी क्षेत्रका वायू सेवाबीच प्रतिस्पर्धाका कारण यात्रु आकर्षित गर्न टिकटको खरिद मूल्यमा छुट उपलब्ध गराइ रहेका छन् । यात्रुलाई न्यूनत्तम १ सय रूपैयाँदेखि पाँच सय रूपैयाँसम्म नगद छुट वायू सेवा कम्पनीले दिएका छन्।

टिकट खरिद गर्नु अघि कुन वायू सेवा कम्पनीले कुन डिजिटल वालेट, मोबाइल बैंकिङ वा अनलाइन प्ल्याटफर्मबाट टिकट खरिद गर्दा छुट उपलब्ध गराइरहेको छ त्यो जानकारी लिएर टिकट बुकिङ गर्नुभयो भने सस्तो मूल्यमै टिकट खरिद गर्न सकिन्छ।

Esewa
Crest

कुन वायू सेवा कम्पनीले कसरी र कति छुट दिई रहेका छन् भन्ने जानकारी लिन सम्बन्धित वायू सेवा कम्पनीको वेबसाइट, फेसबुक वा इन्स्टाग्राम पेजमा दिइएको पछिल्लो समयको सूचना वा विज्ञापन हेर्नु उपयुक्त हुन्छ। छुट सम्बन्धि विज्ञापन वा सूचनामा छुटको लागि प्रयोग गर्न सकिने प्रोमो कोड र कोड प्रयोगका लागि मान्य अवधि समेत दिइएको हुन्छ। छुट सुविधा प्राप्त गर्नका लागि सूचनामा दिए झैं वालेट, मोबाइल बैंकिङ, वायू सेवा प्रदायकको वेबसाइट वा एप्समार्फत टिकट खरिद गर्नुपर्छ।

टिकट बिक्रीका लागि लागतका हिसाबले तुलनात्मकरूपमा सस्तो भएकाले श्री एयरलाइन्स, यती एयरलाइन्स र बुद्ध एयरले डिजिटल माध्यमबाट टिकट खरिद गर्न प्रोत्साहित गर्दै छुट उपलब्ध गराएका हुन् । सबैभन्दा थोरै १ सयदेखि २ सय रूपैयाँसम्मको छुट बुद्ध एयरले उपलब्ध गराइ रहेको छ। पछिल्लो समय विभिन्न बैंकको मोबाइल बैंकिङमार्फत टिकट बुकिङ गर्दा यात्रुले बुद्ध एयरको टिकटमा छुट सुविधा पाएका छन् । बुद्ध एयरले हिमालयन बैंक, ग्लोबल अाइएमइ बैंक, एनएमबि बैंकका ग्राहकले बुद्ध एयरको टिकट काउण्टरमा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने समयमा यस्तो छुटको दाबी गर्न सक्छन् ।

यसैगरी श्री एयरलाइन्सले २ सय र यती एयरलाइन्सले २ सयदेखि ५ सय रूपैयाँसम्म छुट उपलब्ध गराई रहेका छन्। यती वा श्री एयरलाइन्सको एप्स वा वेबसाइटमार्फत टिकट बुकिङ गरेर छुटको लाभ लिन सक्नुहुन्छ।

हवाई  मार्गबाट यात्रा गर्ने मिति पहिले नै तय छ र तपाई यात्रामा जानु हुने निश्चित छ भने कम्तीमा सात दिन अगावै टिकट खरिद गर्नु भयो भने तपाईले सस्तोमा अर्थात् झण्डै आधा दाममा टिकट खरिद गर्न सक्नुहुन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS