IME Life New

भाटभटेनी मनी ट्रान्सफरसहित ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै काठमाडौंको कान्तिपथस्थित भाटभटेनी मनी ट्रान्सफर, नयाँबानेश्वरस्थित नमस्ते रेमिट इन्टरनेसनल र कमलपोखरीस्थित मोडर्न रेमिट्यान्सको लाइसेन्स खारेज गरिएको जानकारी गराएको हो। राष्ट्र बैंकको विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम–१३ को उपविनियम (३) बमोजिम ती ३ कम्पनीको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

ती कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन सूचनामा आग्रह गरिएको छ। तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा लाइसेन्स खारेज भएका ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुने पनि सूचनामा स्पष्ट पारिएको छ।

लाइसेन्स खारेज भएका ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकममात्र हिसाब मिलान हुने पनि केन्द्रीय बैंकले प्रस्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS