IME Life New

निर्जीवन बीमा व्यवसायमा लघुको हिस्सा करिब २% मात्र, अन्य सेक्टरमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म साढे १७ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। कुल निर्जीवन व्यवसायमा लघु बीमाको हिस्सा निकै थोरै देखिएको छ।

प्राधिकरणका अनुसार मंसिरसम्म कम्पनीहरुले ३४ करोड ७१ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन्। जुन कुल निर्जीवन बीमा व्यवसायको १.९८ प्रतिशत मात्रै हिस्सा हो।

Esewa
Crest

यो अवधिसम्म कम्पनीहरुले मोटर बीमाको सर्वाधिक व्यापार भित्र्याएका छन्। मोटर बीमामा कम्पनीले ५ महिनामा ५ अर्ब ६१ करोड १८ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा मोटर बीमाको हिस्सा ३२.०४ प्रतिशत रहेको छ।

दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरुको सम्पत्तितर्फ देखिएको छ। सम्पत्ति बीमामार्फत कम्पनीहरुले मंसिरसम्म ४ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापार सम्पत्ति बीमाको हिस्सा २६.१७ प्रतिशत रहेको छ।

यसैगरी ५ महिनामा कम्पनीहरुले इन्जिनियरिङ र ठेक्कातर्फ २ अर्ब ३० करोड ९८ लाख रुपैयाँ, विविधतर्फ १ अर्ब ९३ करोड १८ लाख रुपैयाँ, सामुद्रिकतर्फ १ अर्ब ३ करोड १३ लाख रुपैयाँ, हवाईतर्फ ९३ करोड ५ लाख रुपैयाँ र कृषि तथा बालीतर्फ ७७ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ र ठेक्का बीमाको हिस्सा १३.१९ प्रतिशत, विविध बीमाको ११.०३ प्रतिशत, सामुद्रिक बीमाको ५.८९ प्रतिशत, हवाई बीमाको ५.३१ प्रतिशत र कृषि तथा बाली बीमाको ४.४० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS