काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले एक महिनामा २ लाख ४० हजार ३४१ वटा बीमा पोलिसी बिक्री गरी कुल ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४२ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ३३ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा आइजिआई प्रुड्न्सियल इन्स्योरेन्सले ३२ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ५९ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले २५ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २५ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इनस्योरेन्सले २१ करोड ८१ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ ।
ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले १८ करोड ८६ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १८ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १५ करोड ७८ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १३ करोड ९३ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योुरेन्सले ५ करोड ३१ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेको छ ।