IME Life New

कर्णाली डेभलपमेन्ट बैंकः नेप्सेलाई थप अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न सेबोनको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका बारेमा थप अध्ययन गरी रायसहितको प्रतिवेदन पेस गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ।

सेबोनले आज नेप्सेलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो। सेबोनले यो बैंकको शेयरमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि तत्काल शेयर कारोबार स्थगन गरी थप अध्ययन गरी रायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।

Esewa
Crest

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले नियन्त्रणमा लिएको हो। त्यसअघि तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेकोलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम गत मंसिर ११ देखि लागू हुने गरी शीघ्र सुधारात्मक कारबाही राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकको सिफारिस र सेबोनको निर्देशनपछि नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार आजबाट रोक्का गरिसकेको छ। अब राष्ट्र बैंकले सुधारको काम नसकेसम्म उक्त बैंकको शेयर कारोबारमा नआउने नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS