काठमाडौं । हालसम्म ११ वाणिज्य बैंकहरुले आर्थिक वर्ष ८० / ८१ को लागि लाभांश प्रस्ताव गरेकोमा अधिकांश बैंकले बुक क्लोज गरिसकेका छन् । बुक क्लोज भैसकेको अवस्थामा कम्पनीको शेयर खरिद गर्दा प्रस्तावित लाभांश प्राप्त गर्न सकिदैन ।
तर ११ वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकको भने प्रस्तावित लाभांश प्रयोजनको लागि बुक क्लोज आउन बाँकी रहेको छ ।
सिद्धार्थ बैंकले प्रस्तावित ४ प्रतिशत नगद लाभांश प्रयोजनको लागि पुष १४ गते बुक क्लोज गरेको छ । बुक क्लोज मितिको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।
त्यस्तै कृषि विकास बैंकले ३ प्रतिशत बोनस शेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश प्रयोजनको लागि पुष १६ गते बुक क्लोज गरेको छ । बुक क्लोज मितिको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रयोजनको लागि पुष १७ गते बुक क्लोज गरेको छ । बुक क्लोज मितिको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।