IME Life New

नेको इन्स्योरेन्सले पायो २५% हकप्रद शेयर ल्याउने अनुमति, कित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ। नेको इन्स्योरेन्सको हालको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS