IME Life New

कस्तो छ चेक भुक्तानीसम्बन्धी प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक खातामा रहेको रकम झिक्न प्रयोग हुने कागजी उपकरणलाई चेक भनिन्छ।

नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी सूचनामा चेक भुक्तानीसम्बन्धी प्रावधानबारे जानकारी गराएको छ। चेक, बिल, पे–अर्डरलगायत कुनै पनि वित्तीय उपकरणका माध्यमले आफ्नो खातामा जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले त्यस्ता उपकरणमा उल्लिखित सम्पूर्ण रकम नै सम्बन्धित ग्राहकले खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।

Esewa
Crest

त्यस्ता वित्तीय उपकरणको कारोबारमा कुनै शुल्क लाग्ने भएमा बैंक तथा वित्तीय संस्थाले सोसम्बन्धी जानकारी ग्राहकलाई अग्रिम रुपमा गराई ग्राहकको खातामा छुट्टै रुपमा लिनुपर्ने व्यवस्था छ।

यसका साथै कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफ्नो कारोबारका क्रममा प्राप्त चेकहरु आफ्नो खातामा जम्मा गर्दा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खातामा मौज्दात अपर्याप्त भई रकम जम्मा हुन नसकेको अवस्थामा चेक प्रस्तुत गर्ने ग्राहकको खाताबाट कुनै पनि शुल्क वा रकम लिन नपाइने प्रावधान पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS