IME Life New

आइपीओको तयारीमा रहेको स्टार माइक्रोले पायो ‘डब्बल बी माइनस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चुक्तापुँजी वृद्धिका लागि सर्वसाधारणमा शेयर जारी (आइपीओ) गर्ने तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्सले ‘डब्बल बी माइनस’ रेटिङ पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सबलता मूल्यांकनपछि यस्तो रेटिङ प्रदान गरेको हो।

इक्रा नेपालका अनुसार यो रेटिङ प्राप्त गर्ने शेयर जारीकर्ता संस्थाले पूर्वनिर्धारित समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा मध्यमस्तरको जोखिम रहेको मानिन्छ।

Esewa
Crest

लघु निर्जीवन बीमकका रुपमा कारोबार गर्न इजाजत प्राप्त स्टार माइक्रोले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमतिसमेत मागिसकेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

लघु बीमकको न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकिएको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन्। बाँकी ३० प्रतिशत रकम सर्वसाधारणबाट संकलन गरेर चुक्तापुँजी जुटाउने लघु बीमकको योजना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS