IME Life New

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सभाले आगामी ४ वर्षका लागि संस्थापक समूहबाट ३ जना सञ्चालक तथा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब ५० करोड रुपैयाँबराबरको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। अग्राधिकार शेयर जारीपछि बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हालको अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव र जारी पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायहरुबाट प्रबन्धपत्र र नियमावलीमा रहेको हालको व्यवस्थामा आवश्यक थप संशोधन वा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS