IME Life New

आईसीएफसी फाइनान्सको वार्षिक साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६६२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सभाले कम्पनीमा संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS