IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालकस मितिको पुस ५ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्याङक्वेटमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१९ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

अन्य बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिले प्रदान गरिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS