IME Life New

वातावरणविद् गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षरोपण’ पहल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारका लागि एक प्रेरणादायी प्रयासस्वरुप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टीका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाडौंको टीका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविद् डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे। यसका साथै उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिबद्धता र विभिन्न अभ्यासहरुको समेत सरहाना गरे।

Esewa
Crest

२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षरोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो। यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ। यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ। जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थी तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ।

लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको वृक्षरोपण पहलको नेतृत्व रेभोल्युसन प्रोजेक्टका विज्ञहरुद्वारा भएको थियो। यो पहल बैंकको गत महिना सम्पन्न नवौँ आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ।

यस सहकार्यले वातावरणीय संरक्षणका लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरुबीचको साझेदारी र यस्ता सामूहिक पहलहरुको महत्वलाई उजागर गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS