IME Life New

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला, उपाध्यक्षमा सुरेन्द्र रेग्मी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्।

आज सम्पन्न संघको ३८ औँ वार्षिक साधारणसभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला यसअघि संघको उपाध्यक्ष थिए।

Esewa
Crest

सभामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्यको निर्वाचनको कार्यक्रम थियो। संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

सभाले कार्यकारिणी समितिका तीनजना सदस्यमा सीईओ एभरेष्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेय निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी संघको सदस्यमा सीईओ प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव र सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल छन्।

त्यस्तै निवर्तमान अध्यक्ष सुनिल केसी कार्यसमितिको पदेन सदस्यका रुपमा रहनेछन्। पूर्वअध्यक्षहरु अशोकशमशेर जबरा र ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यसमितिको सल्लाहकारका रुपमा रहनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS