IME Life New

बैंकमा निक्षेप पौने ६७ खर्ब नाघ्यो, कर्जाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप पौने ६७ खर्ब नाघेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६६ खर्ब ७४ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५९ खर्ब ३६ अर्ब रुपैयाँ थियो।

यसैगरी मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५३ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले बढीको हो। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५३ खर्ब ३१ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुले भने मंसिर मसान्तसम्म ४७ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

मंसिर मसान्तसम्म बैंकहरुको औसत सीडी रेसियो ७८.७८ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS