IME Life New

पाँच महिनामा पौने २१ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, धेरै परियोजना पर्यटनका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा विभिन्न ३१९ परियोजनाका लागि २० अर्ब ७७ करोड ७३ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यसमा १३८ परियोजनाका लागि अटोमेटिक रुटबाट २ अर्ब १३ करोड १ लाख रुपैयाँ र प्रत्यक्ष मार्गबाट १८१ परियोजनाका लागि १८ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

Esewa
Crest

सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता साना परियोजनाका लागि आएका छन्। ३१२ साना परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

त्यस्तै मझौला ४ र ठूला ३ परियोजनाका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ।

क्षेत्रगत हिसाबले हेर्दा मंसिरसम्म पर्यटनतर्फ १४५ परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। यो कुल प्रतिबद्धताको ४५ प्रतिशत हो।

यसैगरी मंसिरसम्म सूचना तथा प्रविधितर्फ १०६ वटा (३३ प्रतिशत), सेवातर्फ ४० वटा (१३ प्रतिशत), खनिजतर्फ २२ वटा (७ प्रतिशत), कृषितर्फ ५ वटा (२ प्रतिशत) र पूर्वाधारतर्फ एउटा परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। यी परियोजनामा कुल ९ हजार २०६ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS