IME Life New

विद्युत प्राधिकरणको आम्दानी तीन महिनामै रू. ४२ अर्ब, नाफा रू. ९ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ अर्ब ११ करोड ३२ लाख रूपैयाँ सञ्चालन मुनाफा कमाएको छ । प्राधिकरणका अनुसार यो अवधिमा विद्युत महशुल, सेवाशुल्क, लगानीमा ब्याज तथा अन्य आम्दानी समेत कुल ४१ अर्ब ८० करोड ६८ लाख रूपैयाँ सञ्चालन आय रहेको छ ।

प्राधिकरणका अनुसार विद्युत खरिद, कर्मचारी तलबभत्ता, मर्मत संभार तथा व्यवस्थापनमा तीन महिनाको अवधिमा ३२ अर्ब ६९ करोड ३६ लाख रूपैयाँ खर्च भएको छ । तीन महिनाको अवधिमा कुल चार अर्ब १० करोड ४७ लाख युनिट बिजुली खरिद गरिएको थियो । प्राधिकरणले खरिद गरेको बिजुलीका लागी तीन महिनामा २१ अर्ब नौ करोड १७ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

Esewa
Crest

स्वदेशी बजारमा विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त प्राधिकरणले सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी क्षेत्रका उत्पादकबाट तीन अर्ब २२ करोड ९५ लाख युनिट विद्युत खरित गरेको छ।  खरिद गरिएकोमध्ये सबै बिजुली बिक्री हुने नभई वितरण प्रणालीमा भएको गडबडी र चोरीका कारण केही चुहावट समेत हुने गरेको छ।

पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्म वर्षातको माैसम भएकाले नदीको बहावमा आधारित अधिकांश जलविद्युत परियोजनाबाट बिजुली उत्पादन हुँदा यो अवधिमा भारतबाट बिजुली आयात नगरिएको प्राधिकरणले जानकारी दिएको छ। यो अवधिमा भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यातबाट  १० अर्ब ८८ करोड ८७ रूपैयाँ आम्दानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS