IME Life New

ट्रान्सप्यारेन्ट स्मार्टफोन ल्याउँदै नोकिया, ४०० मेगापिक्सेलको क्यामेरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन नोकियाले फेरि आकर्षक र उत्कृष्ट फिचरहरु समावेश गरेर नयाँ ट्रान्सप्यारेन्ट स्मार्टफोन ल्याउने भएको छ।

फिनिस कम्पनी नोकियाले ग्राहकको पछिल्लो आवश्यकतालाई मध्यनजर गर्दै यो ट्रान्सप्यारेन्ट स्मार्टफोन बजारमा ल्याउन लागेको हो। यसले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधि सेवा प्रदान गर्ने कम्पनीको वाचालाई पुनर्व्याख्या गरेको छ।

Esewa
Crest

नयाँ स्मार्टफोन प्रयोगकर्तालाई आरपार देख्न सक्ने खालको छ। यसले प्रयोगकर्ताको डिजिटल विश्वप्रति आकर्षणलाई बढाउने कम्पनीको दाबी छ। नयाँ स्मार्टफोनले विश्वमा हरेक कुरा सम्भव छ भन्ने कुरा प्रस्ट पारेको कम्पनीले जनाएको छ। यसले डिजिटल र भौतिक विश्वबीचको खाडललाई पुर्ने काम गरेको छ।

नोकिया ट्रान्सप्यारेन्ट स्मार्टफोन ६.७२ इन्चको डिस्प्ले रहेको छ। यो प्रयोगकर्ताको अनुभवलाई थप उत्कृष्ट बनाउनेछ। यसको रिजलुसन १०८०ह्२८०० पिक्सेल रहेको छ। जसले प्रयोगकर्तालाई वेब, भिडियो हेर्न तथा गेम खेल्दा आनन्द अनुभूति प्रदान गर्नेछ। यसमा ७३०० को प्रोसेसर रहेको छ। यसमा फाइभजी कनेक्टिभिटी रहेको छ। यसमा द्रुत डाउनलोड र अपलोड तथा उत्कृष्ट नेटवर्क सुविधा रहेका छन्।

नयाँ ट्रान्सप्यारेन्ट स्मार्टफोनमा ४०० मेगापिक्सेलको क्यामेरा रहेको छ। जसले उत्कृष्ट क्वालिटीको फोटो तथा भिडियो खिच्न सकिन्छ। यसमा थप मेन सेन्सर ५० मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र ३२ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ। यसको ५० मेगापिक्सेलको फ्रन्ट फेस क्यामेराले उच्च गुणस्तरको भिडियो कललाई समर्थन गर्छ।

नोकियाको यो स्मार्टफोन उत्कृष्ट क्षमताको ब्याट्रीसहित आएको छ। यसको ब्याट्री क्षमता ७०००एमएएच रहेको छ। जसले स्मार्टफोनलाई दैनिक चार्ज गर्नुपर्ने वर्तमान अवस्थाबाट मुक्ति दिलाउनेछ। केही मिनेटमै यो स्मार्टफोन चार्ज गर्न सकिन्छ।

नोकियाले यो नयाँ स्मार्टफोन ३ भेरिएन्टमा लन्च गर्ने तयारी गरेको छ। प्रयोगकर्ताले आफ्नो आवश्यकता र बजेटका हिसाबले छुट्टाछुट्टै भेरिएन्टमा ट्रान्सप्यारेन्ट स्मार्टफोन ल्याइने कम्पनीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS