IME Life New

वित्तीय साक्षरता प्रशिक्षकका लागि राष्ट्र बैंकद्वारा आवेदन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो। हाल भइरहेका वित्तीय साक्षरता कार्यलाई सुदृढीकरण गर्ने उद्देश्यले आर्थिक तथा वित्तीय क्षेत्रको ज्ञान तथा अनुभव भएको, भुक्तानी प्रणालीमा भएका विकास र नवीनतम प्रविधिको प्रयोगसँगै बढ्दो डिजिटल फाइनान्सियल सर्भिसेज, तिनमा अन्तर्निहित जोखिम, वित्तीय अपराधलगायतका विषयमा दख्खल भएका र वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरु सम्मिलित वित्तीय साक्षरता प्रशिक्षक तयर गर्न लागिएकोले इच्छुकले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीए/एसीसीए/सीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव तथा फाइनान्सियल लिट्रेसीसँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यता प्राप्त गरेका व्यक्तिलाई ग्राह्यता दिइने केन्द्रीय बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS