IME Life New

हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले ब्याजबाहेक अन्य शुल्क लिन नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीले ग्राहकबाट ब्याजबाहेक अन्य शुल्क लिन नपाउने व्यवस्था रहेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यो व्यवस्थाबारे जानकारी गराएको हो। बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत राष्ट्र बैंकबाट स्वीकृति लिई हायर पर्चेज कर्जा प्रवाह गर्ने गरेका छन्।

Esewa
Crest

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क (जस्तैः सेवा शुल्क) तथा दस्तुर लिन नपाइने व्यवस्था रहेको छ। कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकिने प्रावधान पनि रहेको छ।

हायर पर्चेज कर्जा दिने कम्पनीले आफूले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार गरी लागू गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ।

हायर पर्चेज कर्जा लिँदा आफ्नो कर्जामा लाग्ने ब्याजदर, कर्जा भुक्तानी अवधि, किस्ता रकम, पेनाल ब्याजदर र सोको गणना विधिजस्ता आधारभूत पक्षबारे सम्बन्धित हायर पर्चेज कम्पनीसँग स्पष्ट रुपमा जानकारी लिई कर्जा कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS