IME Life New

मापसे गरी गाडी चलाउनेहरु पत्ता लगाउन पहिलोपटक एआई क्यामेरा प्रयोगमा ल्याउँदै बेलायत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा पहिलोपटक सडकहरुमा एआई क्यामेरा प्रयोगमा ल्याउने तयारी गरिरहेको छ।

विशेषगरी मादक पर्दार्थ सेवा (मापसे) गरी गाडी चलाउनेहरु पत्ता लगाउन एआई क्यामेरा बेलायतले प्रयोगमा ल्याउन लागेको हो।

Esewa
Crest

एआई क्यामेराको पहिलोपटक डेभोन र कर्नवालमा परीक्षण गरिएको छ। यो क्यामेराले मापेस गरेर वा लघुऔषध सेवन गरेर गाडी चलाउनेहरुलाई पहिचान गर्न मद्दत पुग्ने क्यामेरा निर्माता कम्पनीका जीएम जिओफ कोलिन्सले बताए। ‘यो क्यामेराको मद्दतले प्रहरीले तत्कालीन गाडी चालकलाई समातेर मापसे वा लागूऔषध सेवन गरेको वा नगरेको अनुसन्धान गर्न सक्छन्’, उनले भने।

यो एआई क्यामेराको सफल परीक्ष गर्न सकेकोमा आफूहरु उत्साहित रहेको कोलिन्सले बताए। ‘अब यो प्रविधिको प्रयोग गरेर दुर्घटना न्यूनीकरण गर्न सकिन्छ’, उनले भने, ‘यसले सडक दुर्घटनामा अकालमा ज्यान गुम्ने घटना पनि न्यूनीकरण हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS