IME Life New

ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बेगनास पोखरा कास्कीले संस्थामा आवद्ध भई वित्तीय कारोबार गरिरहेका महीला दिदीबहीनीहरुलाइ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सन्चालन गरेको छ । संस्थाले मंसीर २९ गते होटल बेगनास बंगालोको सभाहलमा सो कार्यक्रम सम्पन्न गरीएको बेगनास अनुगमन कार्यालयका अनुगमन अधिकृत प्रकाश लामिछानेले बताए ।

संस्थामा आबद्ध नितु खड्का थोकीको सभापतीत्वमा साथै पो.म.न.पा.का वडा नं ३१ का वडा सदस्य विनोदमणी लामिछानेको प्रमुख अतिथी,बिशिष्ट अतिथीमा संस्थाका अनुगमन विभाग प्रमुख यतीराज पौडेल,गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख बिनोद पराजुली ,अतिथीमा संस्थाका बेगनास अनुगमन कार्यालयका अनुगमन प्रमुख प्रकाश लामिछाने , ग्लोबल आइएमई बैंक बेगनास शाखाका शाखा प्रबन्धक रामचन्द्र कंडेल ,साथै कर्जा विभागका श्याम कुमार चौधरी केन्द्र प्रमुख उपप्रमुख तथा सदस्यहरुसहीत ८१ जनाको उपस्थीतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा बेगनास शाखाकी शाखा प्रबन्धक सरस्वती लामिछानेले कार्यक्रममा शाखाको हालसम्मको प्रगती विवरण तथा संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा जानकारी गराइन् ।

अनुगमन अधिकृत प्रकाश लामिछानेले अतिथीका क्रममा मन्तव्य राख्दै वित्तीय साक्षरता सम्बन्धीको ज्ञान हामी सबैले बुझे जस्तो लागे पनी यसका क्षेत्रहरु व्यापक रहेकोले वित्तका बारेमा हामी मात्र नभइ हाम्रा बालबच्चा देखी लिएर परीवार र समाजका सबै ब्यक्तीहरुले बुझेर सोही बाटो अवलम्बन गरी अगाडी बढ्न सकेमा मात्र परीवार तथा समाजमा आर्थिक क्रियाकलापहरु सबल किसिमबाट अगाडी बढाउन सकिने विषयमा जानकारी प्रदान गरे ।

कार्यक्रमबाट सदस्यहरुले वित्तीय अनुशासनका बारेमा जानकारी लिइ फाइदा लिने कुरामा विश्वस्त रहेको बताए । ग्लोबल आइएमइ बैंकका शाखा प्रमुख ले कर्जाको सही सदुपयोगर्न तथा बैदेशीक रोजगारबाट रकम पठाउदा गैरकानुनी रुपमा हुण्डी बाट नपठाउन आग्रह गर्दै ग्लोबल आइएमई लघुवित्तले संचालन गरेको यस किसीमको कार्यक्रमको प्रशंसा गरे ।

विशिष्ट अतिथी गण्डकी तथा बागमती प्रदेशका प्रदेश प्रमुख विनोद पराजुलीले समग्र संस्थाको परीचय तथा देशभर ५४ जिल्लामा १२२ शाखा कार्यालय सहीत १५३००० सदस्यहरुलाइ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउदै वित्तीय साक्षरता बाट लाभान्वित हुने बताए ।

प्रमुख अतिथि तथा सभापती ले बोल्दै यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गरेका कार्यक्रम प्रभावकारी रहेको र संस्थाले यस क्षेत्रका जनताहरुलाइ वित्तीय कारोबार सहीत उत्कृष्ट सेवा प्रदान गरीरहेको र आगामी दिनहरुमा पनी अझ समाजमा वित्तीय सेवा सुविधा सहज रुपमा पुर्याउने र सामाजीक कार्यहरु गर्दै अगाडी बढ्न शुभकामना ब्यक्त गरे ।

यस्तै वित्तीय संस्थाको सहयोगले व्यवसाय संचालन तथा आफ्ना समस्याहरु समाधानमा सहयोग पुगेको ले संस्थाबाट लिएको रकम दुरुपयोग नगरी आवश्यक मात्रामा मात्र कर्जाको सही सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS