IME Life
GBIME

अधिकांश बैंकको ब्याजदर स्थिर, केहीले बढाउँदा केहीले घटाए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वाणिज्य बैंकहरुले पुसका लागि ब्याजदर सार्वजनिक गरेका छन्। धेरैजसो बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटाउँदा केहीले बढाएका छन्।

हालसम्म प्राप्त सूचनाअनुसार १२ वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटाले मंसिरकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् भने २ वटाले घटाउँदा ३ वटाले बढाएका छन्। मंसिरकै ब्याजरलाई पुसमा निन्तरता दिने बैंकमा सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। मंसिरमा सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५, हिमालयन बैैंकले ६.२५, कुमारी बैंकले ५.९१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए।

Crest

यसैगरी नेपाल बैंक र एआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। पुसका लागि नेपाल बैंकले ५.६ प्रतिशत र एनआईसी एसियाले ६.६० प्रतिशत कायम गरेका छन्। मंसिरमा नेपाल बैंकले ५.९५ प्रतिशत र एनआईसी एसियाले ६.७९ प्रतिशत दिएका थिए।

त्यस्तै कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। पुसका लागि ब्याजदर बढाएर कृषि विकास बैंकले ५.५७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत र लक्ष्मी सनराइजले ५.७५ प्रतिशत पुर्याएका छन्। मंसिरमा कृषि विकास बैंकले ५.५४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत र लक्ष्मी सनराइजले ५.५ प्रतिशत दिएका थिए।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर र रेमिट्यान्स मुद्दति निक्षेपमा १ प्रतिशत बढी अधिकतम ब्याजदर निर्धारण गर्न पाउँछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS