IME Life New

कहिलेसम्म कायम शेयरधनीले साना किसान विकास लघुवित्तको लाभांश पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारसभासँगै बुक क्लोजको मिति तय गरेको हो। सभा र लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ आउँदो पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

संस्थाले आउँदो पुस २३ गते २३ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुने।

सभाले सञ्चालक समितिबाट प्रस्तावित आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश छन्।

सभाले लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS