IME Life New

ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हटिया बाग्लुङ्गमा आबद्ध भइ वित्तीय कारोबार गरिरहेका महिला सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले मंसिर २७ गते सो कायृक्रम सम्पन्न गरेको हो ।

संस्थामा आबद्ध सदस्य कोपिला कुमारी पुनको सभापतित्वमा साथै हटिया नगरपालिका वडा न.४ का कार्यबाहक अध्यक्ष प्रमुख अतिथि कृष्ण बहादुर भण्डारी,अतिथिमा संस्थाका गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख बिनोद पराजुली,ग्लोबल आइएमई बैंकका शाखा प्रमुख सन्जिब बस्नेत,बेस्ट फाइनान्सका शाखा प्रमुख मोहन ढुंगेल,प्रहरी चौकी हटिया बाग्लुङ्गका प्रतिनिधि अर्जुन तिरुवा साथै केन्द्र प्रमुख, उपप्रमुख, सदस्यहरुको उपस्तिथिमा वित्तीय सक्षारता कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा संस्थाका नौडाँडा स्टेशन प्रमुख भविश्वर ढकालले संस्थाको परिचय, संस्थाले दिने सेवा सुबिधा साथै हालसम्म गरिएका सामाजिक उत्तरदायीत्व कार्यक्रम बारे प्रस्ट पारेका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अथिति,अतिथिहरुले बोल्दै यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गरेका कार्यक्रम प्रभाबकारी रहेको र संस्थाले यस क्षेत्रका जनताहरुलाई वित्तीय कारोबार सहित उत्कृस्ट सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि अझ समाजमा वित्तीय सेवा सुबिधा प्रदानको र उत्तरदायी भूमिका खेल्नका लागि शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका प्रदेश प्रमुख बिनोद पराजुलीले उपस्थित सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धि सचेतना दिएका थिए भने कार्यक्रम शाखा कर्मचारी मार्फत ब्यबस्थापन सहित उक्त कार्यक्रम स्टेशन प्रमुख भविश्वर ढकालले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS