IME Life New

प्रभु बैंकको करिब ३३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको करिब ३३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ३२ लाख ९० हजार ३१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Crest

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको समयसीमामा इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS