IME Life New

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। झुटो विवरण पेस गरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारले ठहर गरेको छ।

Esewa
Crest

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सिलवाल निलम्बनमा परेका छन्। कुनै पनि सरकारी सेवा कार्यरत अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा स्वतः निलम्बन पर्ने कानुनी व्यवस्था छ।

सिलवाल निलम्बनमा परेसँगै बीमा प्राधिकरण नेतृत्वविहीन बन्न पुगेको छ। प्राधिकरण रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्ति भइनसकेको अवस्थामा अब प्राधिकरणको कामकाज ठप्प हुने देखिएको छ।

यस्तो छ अख्तियारको आरोपपत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%
happy

खुसी

5%
sad

दु :खी

10%
amazed

अचम्मित

5%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS