IME Life
GBIME

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रयोजनका लागि उचित देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसका लागि नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार फेरबदल गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्दै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका अर्थ पुस २ गतेसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS