IME Life New

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।

बैंकको काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित पाको न्युरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नं. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले न्युरोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ)मार्फत सेवा लिन सक्नेछन्।

Esewa
Crest

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४शाखा, ३२५ एटीएम, २६ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS