IME Life New

संशोधित मौरी, कफी, उखु र तरकारीखेती बीमालेख प्रचलनमा ल्याउन बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मौरी, कफी, उखु र तरकारीखेती बीमालेख संशोधन तथा परिमार्जन गरी जारी गरेको छ।

प्राधिकरणले अबउप्रान्त संशोधित मौरी, कफी, उखु र तरकारीखेती बीमालेख प्रचलनमा ल्याउन पनि सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

Esewa
Crest

यी सबै बीमालेखमा बीमकले आगलागी क्षति वा अग्नि, हावाजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिगत क्षति, रोग वा कीरा वा विषादीजन्य क्षति र मौरी स्थानान्तरण गर्दा क्षति भएमा क्षतिपूर्ति प्रदान गर्नुपर्ने गरी रक्षावरण गरिएको छ। बीमितले न्यूनतम २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्नुपर्नेछ।

बीमालेख लिँदा बीमितले २०० रुपैयाँ बीमाशुल्क तिर्नुपर्ने र त्यस्तो बीमाशुल्कमा कुनै अनुदान उपलब्ध नहुने प्रावधान राखिएको छ। दुर्घटना बीमाको अवधि १ वर्षका लागि हुनेछ।

सामूहिक रुपमा गरिएको बीमाको हकमा बीमालेखमा आबद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटना बीमा गर्नुपर्नेछ।

आत्महत्याबाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा बीमकले बीमांक रकम भुक्तानी गर्नुपर्नेछ। स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने नभएमा, एक वा दुवै खुट्टाको गोलीगाँठादेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा पनि बीमकले बीमांक रकम भुक्तानी गर्नुपर्नेछ।

ती सबै बीमालेखको विस्तृत जारी बीमा प्राधिकरणको बेवसाइटमा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS