IME Life New

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा सर्ट भिडियो एप टिकटकको अपिल खारेज भएको छ। योसँग आगामी दिनमा टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्न सक्छ।

टिकटकमा प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने भनी संघीय अदालतमा आफ्नो तर्क सुनिने कम्पनीले जनाएको छ। अदालतले कानुनलाई असंवैधानिक घोषणा गर्ने टिकटकको अपेक्षा थियो तर त्यसो भएन।

Esewa
Crest

अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ र सन् २०२५ को सुरुआतमा टिकटकलाई प्रतिबन्धित गर्ने वा बेच्ने कुरा गर्ने कानुनलाई समर्थन गरेको छ। टिकटकले यो कानुनी लडाइँ अझै नसकिएको र यसविरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गर्ने जनाएको छ।

टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिका यसलाई प्रतिबन्धित वा बेच्न चाहन्छ। टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकाको यो आरोपलाई अस्वीकार गर्दै आएको छ।

भारतमा टिकटक प्रतिबन्धित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS