IME Life New

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भन्दै ग्राहकले बैंकको पोर्टल उबलगउमबतभ।लष्अबकष्बदबलप।अयm वा मोबाइल बैंकिङ एप एनआईसी एशिया मोबाइल बैंकिङको ‘प्यान अपडेट’ अप्सनमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्नसक्ने बैंकले जनाएको छ ।

ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकको भनाई छ ।

Esewa
Crest

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटिडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको जनाएको छ । उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण ईटिडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्था पनि अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

ग्राहकले प्यान अद्यावधिक नगराउँदा ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याजकरमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS