IME Life New

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज परेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्नेछ ।
साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ । संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा “ समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको  प्रबल नेतृत्व यसको आधार” लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरिएको छ ।
यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS