IME Life New

वर्ल्डलिंकको नेटवर्क र इन्टरनेट सेवाको लाइसेन्स नवीकरण, अझै ग्राहकमैत्री हुने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो २५ वर्षे नेटवर्क र इन्टरनेट सेवा प्रदायक दुवै लाइसेन्स नवीकरण गरिएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १३ गते दुवै लाइसेन्स नवीकरण गरिएकोबारे जानकारी गराएका हुन्। यी लाइसन्स प्राप्त भएसँगै कम्पनीको विश्वसनीयता र क्षमता थप बलियो भएको विज्ञप्ति जनाइएको छ।

Esewa
Crest

विगतदेखि मर्मत–सम्भार शुल्कसम्बन्धी मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनमा पनि आफ्नो संवैधानिक हकको पूर्ण रुपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। ‘उपरोक्त मुद्दामा सम्मानित सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटामात्र कडी समाप्त भएको छ र सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानुनी दायित्व पूरा गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ।

यो लामो कानुनी प्रक्रियामा कम्पनीलाई भरोसा दिलाउने र भरोसा गर्ने ग्राहकप्रति कम्पनीले आभार प्रकट गरेको छ। ‘यस प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष सघाउनु हुने, चासो राखे र सहयोग गर्ने सम्पूर्ण जनलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, नेपालको कानुन प्रणाली, सम्मानित अदालत, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, नेपाल सरकारसँग सम्बद्ध संस्था, सम्पूर्ण कानुन व्यवसायी, एउटै क्षेत्रमा संलग्न निजी इन्टरनेट सेवा प्रदायक तथा हितैषी र शुभचिन्तकप्रति पनि आभार व्यक्त गर्दछौँ।’

कम्पनीले तिर्नुपर्ने भनी तोकिएको रकमका लागि तुरुन्तै ऋण उपलब्ध गराइदिनु हुने बैंकप्रति कम्पनीले कृतज्ञ व्यक्त गरेको छ। ‘विशेषतः यस संस्थाअन्तर्गत देशभर फैलिएको इन्टरनेट प्रविधिको सञ्जालमार्फत सूचना र सञ्चार क्षेत्रसँग जोडिने र हाम्रो सेवा तथा गुणस्तरीय प्रतिबद्धतालाई विश्वास गर्दै यो अप्ठेरो समयमा हामीलाई आड र भरोसा प्रदान गर्ने सम्पूर्ण ग्राहक र प्रयोगकर्ता तथा हाम्रा कर्मचारी साथीलाई धन्यवाद व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरुको विश्वास, माया र भरोसा हाम्रा अमूल्य निधिका रुपमा हामीसँग रहनेछन्।

हाँहरुकै चाहनाअनुरुप हाम्रो सेवा अझै अत्याधुनिक, अझै भरोसायोग्य र ग्राहकमैत्री हुनेछन् भन्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। नेपालका हरेक कुनाकाप्चामा हाम्रो सञ्जाललाई विस्तार गरी सबैलाई एकआपसमा गुणस्तरीय सेवामार्फत जोड्ने कार्यमा हामी सदैव लाग्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS