IME Life New

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको सञ्चालकमा विकास आनन्द चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिको आज मंसिर १७ मा बसेको ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति/मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको हो ।

विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्छन् ।

Esewa
Crest

विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS