IME Life New

मानिसलाई धुने वासिङ मेसिन तयार, कसरी गर्छ काम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानिज कम्पनी साइन्स कोले एउटा विशेष उपकरण तयार गरेको छ। यो उपकरणको नाम ‘ह्युमन वासिङ मेसिन’ दिइएको छ।

यो भविष्यको टेक्नोलोजी हो। कम्पनीले यो मेसिनलाई ओसाका कन्साई एक्सपोमा सार्वजनिक गर्नेछ। जुन आउँदो वर्ष अप्रिलमा हुँदैछ।
कम्पनीले कस्ता खाले मानिसलाई टार्गेट गरेर यो मेसिन ल्याउन लागेको हो भन्नेबारे खुलासा गरेको छैन। यो मेसिन सन् १९८६ मा आएको एलियन्स फिल्मको हाइपरस्लिप चेम्बरजस्तो देखिन्छ।

Esewa
Crest

रिपोर्टका अनुसार यो वासिङ मेसिनले मानिसलाई १५ मिनेटमा धोएर सुकाउँछ। यो मेसिनबाट हेल्थ केयरसँग सम्बन्धित थुप्रै फाइदा प्राप्त हुनेछ।

जापानिज अखबार दि मेनिची सिम्बुनका अनुसार मेसिनमा जडान गरिएको सेन्सरले मानिसको पिठ्युँको मद्दतले तनाव र थकान पत्ता लगाउन सक्छ। त्यसपछि मेसिनले आउटपुट जनरेट गर्छ। जसबाट शरीर र दिमाग दुवैलाई राहात मिल्नेछ।

त्यसो त पहिलोपटक ह्युमन वासिङ मेसिन सन् १९७० मा ओसाका एक्सपोमा सार्वजनिक गरिएको थियो। त्यो मेसिन सान्यो इलेक्ट्रिक कम्पनीले बनाएको थियो। यो कम्पनी अहिले पानासोनिकको हिस्सा बनेको छ। यद्यपि कम्पनीले त्यो मेसिन बजारमा ल्याएन।

यता साइन्स को कम्पनी आफ्नो प्रडक्टलाई लिएर थप योजना बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS