IME Life New

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ।

विधेयक पारित भएपछि भविष्यमा अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइनेछ। यो प्रतिबन्ध कम्तीमा १२ महिनापछि लागू हुनेछ।

Esewa
Crest

यदि प्राविधिक कम्पनीहरुले यो कानुन पालन गरेनन् भने उनीहरुलाई ५ करोड अस्ट्रेलियाली डलर जरिवाना हुनेछ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले युवाहरुलाई सामाजिक सञ्जालको ‘खतरा’बाट जोगाउन यो कानुन आवश्यक भएको बताएका छन्। धेरै अभिभावकले पनि यसमा सहमति जनाएका छन्।

यद्यपि, यस कानुनका आलोचकहरुले प्रश्न गर्छन् कि यो प्रतिबन्धले कसरी काम गर्छ र यसले गोपनीयता र सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्छ ?

यसअघि पनि विश्वका धेरै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS