IME Life New

निर्जीवन बीमा व्यवसायको ६७% हिस्सा बागमतीमा, अन्य प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकको व्यापार बागमती प्रदेशमा बढी केन्द्रित रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीले चालु आर्थिक वर्षको ४ महिनामा १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीको ६७.०१ प्रतिशत व्यापार बागमती प्रदेशबाट भएको देखिएको छ। बागमतीबाट कम्पनीहरुले ९ अर्ब ६२ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

कम्पनीहरुले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशमा गरेको देखिन्छ। यो प्रदेशबाट कम्पनीहरुले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल बीमा व्यवसायमा कोशीको हिस्सा ९.०८ प्रतिशत रहेको छ।

यसैगरी कोशी प्रदेश बीमा व्यापारको हिसाबले तेस्रो स्थानमा रहेको छ। यो प्रदेशबाट कम्पनीहरुले १ अर्ब १९ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कुल बीमा व्यवसायमा कोशीको हिस्सा ८.३० प्रतिशत रहेको छ।

कम्पनीहरुले मधेश प्रदेशबाट ९७ करोड ६ लाख रुपैयाँ (६.७६ प्रतिशत), गण्डकी प्रदेशबाट ७८ करोड ६४ लाख रुपैयाँ (५.४८ प्रतिशत), सुदूपश्चिम प्रदेशबाट ३६ करोड ८८ लाख रुपैयाँ (२.५० प्रतिशत) र कर्णाली प्रदेशबाट १२ करोड ५० लाख रुपैयाँ (०.८७ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS