IME Life New

बाढीपहिरोको वितन्डाः सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी भुक्तानी, अन्य क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि बीमा कम्पनीहरुमा सवा १२ अर्ब रुपैयाँ बढीको परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १२ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ५२९ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १२ अर्ब २६ करोड ४ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म बीमकहरुले १ हजार २१५ वटा दाबीको ७८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ७१६ वटा दाबीको ९ अर्ब १ करोड ९५ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ५३१ वटा दाबीको ५८ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्। यसैगरी दोस्रोमा धेरै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०५ वटा दाबीको कम्पनीहरुले २ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ४७ वटा दाबीको ४ करोड २७ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन्।

यसैगरी मोटर बीमा (निजी)तर्फ ९०२ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३७८ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः ३७ करोड ४५ लाख रुपैयाँ र २३ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फ ३८० वटा दाबीको ८ करोड ४७ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ १३५ वटा दाबीको ६ करोड ११ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

त्यस्तै पशुपन्छी बीमातर्फ ५३ दाबी (१ करोड ७० लाख रुपैयाँ), सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २३ वटा दाबी (१ करोड ४८ लाख रुपैयाँ), कृषि बाली बीमातर्फ १३२ वटा दाबी (१ करोड १९ लाख रुपैयाँ) र विविधतर्फ २० वटा दाबी (६५ लाख ५२ हजार रुपैयाँ) परेका छन्। हालसम्म कम्पनीहरुले पशुपन्छी बीमातर्फ २५ वटा दाबीको ३७ लाख १ हजार रुपैयाँ, सामुद्रिक बीमातर्फ ४ वटा दाबीको १६ लाख ६३ हजार रुपैयाँ, कृषि बीमातर्फ ८६ वटा दाबीको ५१ लाख ५० हजार रुपैयाँ र विविधतर्फ ७ वटाको १८ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS