IME Life New

मौद्रिक समीक्षा शुक्रबार आउला ? यसो भन्छ राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा भोलि शुक्रबार आउने सम्भावना प्रबल रहेको छ।

राष्ट्र बैंकले हरेक वर्ष वार्षिक मौद्रिक नीति ल्याउने गर्छ। बैंकले हरेक आर्थिक वर्षको सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनैपर्छ।

Esewa
Crest

त्यस्तै केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा पनि ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। त्यसैले मंसिर १५ गतेसम्म राष्ट्र बैंकले समीक्षा ल्याउनुपर्छ। तर मंसिर १५ गते शनिबार परेको भोलि शुक्रबार नै समीक्षा आउने सम्भावना रहेको हो।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा तयार व्यवस्थापन समितिमा पठाइसकेको छ। ‘व्यवस्थापन समितिमा पनि समीक्षाबारे छलफल भइसकेको छ’, उनले भने, ‘अब व्यवस्थापन समितिले समीक्षा सञ्चालक समितिमा पेस गर्नेछ।’

त्यसैले शुक्रबार समीक्षा आउने प्रबल सम्भावना रहेको पोखरेल बताउँछन्।

अहिले अर्थतन्त्र पनि सकारात्मक नै आउन सक्ने जानकारहरु बताउँछन्। बैंकमा तरलता थुप्रिँदै गएको र कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापनका लागि पनि थप केही सहज व्यवस्था आउन सक्ने उनीहरुको भनाइ छ।

शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्नुपर्ने र कर्जामा लगाइएको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग छ। यो माग पनि मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS