IME Life New

कृषि तथा पशुपन्छी बीमालेख सफ्टवेयरमार्फत जारी गर्न बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपन्छी बीमालेख सफ्टवेयरमार्फत जारी गर्न बीमकहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणले इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा प्राधिकरणबाट कृषि तथा पशुपन्छी बीमाको रियल टाइम सफ्टवेयर निर्माण गरिसकेकोले सोहीबमोजिम गर्न गराउन बीमकहरुलाई निर्देशन दिइएको छ।

Esewa
Crest

हाल कृषितर्फ तरकारी र पशुपन्छीतर्फ पशुधन बीमालेख अनिवार्य रुपमा सफ्टवेयरमार्फत जारी गर्ने र भौतिक विधिमार्फत २०८१ मंसिर १६ गतेबाट जारी गर्न बीमकलाई प्राधिकरणले निर्देशन दिएको छ। तरकारी बीमालेख र पशुधन बीमालेख सफ्वेयरमार्फत जारी भएपश्चात सोको प्रभावकारिता हेरी अन्य बीमालेखहरु जारी गर्न तथा मोबाइल एप सञ्चालनलगायतका विषयहरु पछि जानकारी गराइने प्राधिकरणले जनाएको छ।

सफ्टवेयर प्रणालीमार्फत बीमालेख जारी गर्ने सन्दर्भमा बीमकले आवश्यकताअनुसार कर्मचारी, अभिकर्ता, प्राविधिक, क्षति मूल्यांकनकर्ता एवं सरोकारावालालाई केन्द्र तथा सबै प्रदेशमा प्राधिकरणको समन्वयमा तालिम सञ्चालन गर्नुपर्नेछ।
सफ्टवेयर प्रणाली सञ्चालन सम्बन्धमा प्राविधिक तथा बीमालेखका प्रक्रियाबारे सहयोग आवश्यक भएमा प्राधिकरणका कर्मचारीसँग सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

यसका साथै प्राधिकरणले सफ्टवेयर म्यानुअल पनि जारी गरेको छ। उक्त म्यानुअल प्राधिकरणको वेबसाइटमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS